मुख्य सामग्रीमा जानुहोस्
२६ भदौ २०८३, शुक्रबार | Friday, September 11, 2026

ताजा सूचना

दावी विरोध सूचना दाबी विरोध सूचना NOTICE FOR INVITATION OF BIDS कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको घरभाडा लिने सम्बन्धी सूचना स्टाफ क्यान्टिन सञ्चालनार्थ प्रस्ताव आह्वान सम्बन्धी सूचना सवारी साधन कर जरिवाना छुटबारे जानकारी स्वीकृत नामावली प्रकाशन सम्बन्धी सूचना सवारी साधन कर जरिवाना छुटबारे जानकारी खेलकुद प्रतियोगितामा सहभागिता सम्बन्धमा। बोलपत्र रद्द गरिएको सम्बन्धमा

कोशी प्रदेश सरकार

नागरिकमैत्री सेवा, सूचना र सुशासनका लागि आधिकारिक पोर्टल।

सेवा प्रवाह र विकास

प्रदेशका मन्त्रालय, निकाय र सार्वजनिक सेवासम्बन्धी जानकारी एकै स्थानमा।

सूचना, तथ्याङ्क र प्रकाशन

नोटिस, प्रतिवेदन, कानून र उपयोगी लिङ्कहरू सजिलै पहुँच गर्नुहोस्।

सूचना पाटी

सबै हेर्नुहोस्
NOTICE FOR INVITATION OF BIDS नयाँ
उद्योग, कृषि तथा सहकारी मन्त्रालय

प्रदेश परिचय

कोशी प्रदेशको संक्षिप्त परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश २६ डिग्री २२ मिनेट देखि २८ डिग्री ६ मिनेट उत्तरी अक्षांशसम्म र ८६ डिग्री ९ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह््यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् । सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस प्रदेश मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै: ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । यी स्थलहरूमा स्वदेशी तथा विदेशी तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ । यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ । जलस्रोतमा सम्पन्न यस प्रदेशमा अरुण, तमोर, दूधकोशी, मेची, कन्काई र त्रियुगालगायतका नदीहरू रहेका छन् ।

थप पढ्नुहोस्

मन्त्रालयहरू

तथ्याङ्कमा कोशी प्रदेश

१४
जिल्ला
४६
नगरपालिका
८८
गाउँपालिका
१,१५७
वडा
४९.६ लाख
जनसंख्या
४३%
वनले ढाकिएको
१२१ मे.वा.
जल विद्युत

स्थानीय तहहरू

सबै हेर्नुहोस्